राखेपद्वारा ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया गरिँदै

राखेपद्वारा ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया गरिँदै



राष्ट्रिय खेलकुद परिषद्ले ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम माघ २० गते मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने राखेपले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदका संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग खेलकुदको बारेमा जानकारी लिने र निर्देशन दिने कार्यक्रम रहेको राखेपको भनाइ छ ।

कार्यक्रममा नेपाली खेलकुदको विकास विस्तार र समसमायिक बिषयका बारेमा सम्माननीय प्रधानमन्त्रीबाट सम्बोधन हुनेछ ।

‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकविजेता खेलाडी, प्रशिक्षक, संघसंस्था, कर्मचारीलगायत खेलकर्मीको उपस्थिति रहने बताइएको छ ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री दावा तामाङ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदका बारेमा प्रधानमन्त्री समक्ष जानकारी गराउने राखेपल जानकारी गराएको छ ।

त्यस्तै ओलम्पियन, अन्तर्राष्ट्रिय पदकबिजेता खेलाडी, प्रशिक्षक र सम्बन्धित जिल्लाका कार्यालय प्रमुखको सहभागिता रहने गरी तेश्रो चरणको बागमती प्रदेश स्तरीय खेलकुद अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम यहि माघ २१ र २२ गते भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा संचालन हुने जानकारी गराएको छ ।

अन्तरक्रिया कार्यक्रममा सम्बन्धित विषयका विज्ञद्धारा खेल व्यवस्थापन, प्रशासनिक सहजीकरण र संयोजन, तालिम तथा प्रशिक्षण विभाग सहजीकरण र संयोजन, प्रशिक्षक प्रशिक्षण, स्पोर्ट्स मेडिसिन र डोपिङ, मोटिभेसन, खेल समाजशास्त्र तथा लैंगिक हिंसा र खेल मनोविज्ञानलगायत अन्य विषयमा प्रशिक्षण दिइने छ । प्रशिक्षणकै दौरान ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीसंग अन्तरक्रिया कार्यक्रम पनि हुनेछ ।