समाजसेवी पाल नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्यम मनोनित

समाजसेवी पाल नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्यम मनोनित



डम्बर निदाल, डडेल्धुरा

नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्यमा नेपाली कांग्रेस अमरगढी नगर सभापति दानबहादुर पाल मनोनयन भएका छन् । संघको बृहत्तर हितलाई ध्यानमा राखी संघको विधानअनुरुप सभापति पाललाई मनोनयन गरिएको बताइएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रिय कार्य समिति तथा नेपाल लोकतान्त्रिक खेलकुद विभाग र नेपाल लोकतान्त्रिक खेलकुद संघले संयुक्त रूपमा गरेको मूल्याङ्कनका आधारमा डडेल्धुरा जिल्लाका समाजसेवी तथा नेपाली कांग्रेस अमरगढी नगरसभापति पाललाई संघको केन्द्रिय सदस्यमा मनोनयन गरिएको सम्बद्ध पक्षको भनाइ छ ।

पार्टीले गरेको उच्च मुल्याङ्कनले आफूलाई सामाजिक कार्य गर्न थप हौसला मिलेको पालले बताए ।

राजनीतिसँगै सामाजिक सेवालाई अघि बढाइरहेका पाल दीनदुःखी, असहाय, गरिव, अपागङ्गता भएका, निमुखा नागरिकहरूको सहयात्री बनेका छन् । विभिन्न दुःखको समयमा उनले अवस्था हेरी खाद्य सामग्री, स्वास्थ्य सामग्री, लुगाकपडा र नगद समेत प्रदान गरी सहयोग गर्दै आएका छन् ।