तेक्वान्दोको एसियन छनोट खेल स्थगित

तेक्वान्दोको एसियन छनोट खेल स्थगित



यही वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको एसियाली छनोटका खेल स्थगित भएको छ ।

आगामी मार्च २६ देखि २८ तारिखसम्म जोर्डनको अम्मानमा हुने तय भएको छनोट खेल कोरोना भाइरसको महामारीका कारण दुई महिना पर सारिएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

संघका अनुसार एसियाली छनोटका खेल आगामी मे १४ देखि १६ तारिखसम्म जोर्डनको अम्मानमै हुने गरी स्थगित गरिएको हो ।

सन् २०२० मा तय भएको ओलम्पिक खेलकुद कोरोना भाइरसको महामारीका कारण सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ । ओलम्पिक खेल सकिएको एक महिनापछि जापानमै पारा ओलम्पिक हुनेछ ।