लपु तेक्वान्दोलाई आईओएफटीसीको सहयोग

लपु तेक्वान्दोलाई आईओएफटीसीको सहयोग



अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले ललितपुर जिल्ला तेक्वान्दो संघलाई म्याट सहयोगस्वरुप प्रदान गरेको छ ।

आईओएफटीसी टिम नेपालका रामचन्द्र व्यञ्जन्कार लगायतले संघलाई एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको व्यञ्जनकारले जनाएका छन् ।

विगतमा पनि आईओएफटीसीले नेपालका विभिन्न जिल्लाका तेक्वान्दो संघलाई सामाग्री सहयोग गरेको थियो ।