प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ चितवनमा शुरु भएको छ । बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईले एक कार्यक्रम विच प्रतियोगिताको उद्घाटन गरेका थिए ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृति ट्रष्टको संयुक्त आयोजना भएको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब, २७ जिल्ला तथा अन्य क्लबगरि २५२ खेलाडीहरुले सहभागिता जनाएका छन् ।
पुरुष एकल र राष्ट्रिय २० बरियताको युगल, राष्ट्रिय २० बरियता बाहेककाको युगल, महिला एकल, छात्र र छात्रा यु १७, पुरुष भेट्रान्स ४५ वर्षमाथि र ५५ वर्षमाथि गरी ८ स्पर्धामा प्रतिस्पर्धा गराईएको छ ।
चितवनमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ ब्याडमिन्टन इतिहासमा नै सर्वाधिक पुरस्कार रासीको प्रतियोगिता रहेको छ । महिला तथा पुरुष एकल स्पर्धाका बिजेता खेलाडीहरुले नगद १ लाख १५ हजार प्राप्त गर्नेछन् । यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गर्नेछन् ।

करिव ४० लाख लागत रहेको प्रतियोगितामा राष्ट्रिय वरियताका २० भित्रका खेलाडी विचको युगल प्रतिस्पर्धामा बिजयी खेलाडीहरुले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८–८ हजार प्राप्त गर्नेछन् ।
बरियतामा २० देखि बाहेकका बिजयी खेलाडीहरुले ५० हजार, दोश्रोले २७ हजार र तेश्रोले ७–७ हजार प्राप्त गर्नेछन् । यु–१७ छात्र तथा छात्रा भेट्रान्स ४५ र ५५ का बिजयी खेलाडीहरूले नगद ३० हजार प्राप्त गर्नेछन् । उपबिजयी खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ७–७ हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया