पृथ्वी राजमार्गअन्तर्गत धादिङ्गको थाँक्रेमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
थाँक्रे गाउँपालिकास्थित चारकिला भन्ने ठाउँमा रहेको एभरेष्ट पेट्रोल पम्पनजिक विपरीत दिशाबाट आइरहेको ट्रकसँग मोटरसाइकल ठक्कर खाँदा मोटरसाइलमा सवार दुई जनाको ज्यान गएको हो ।
अत्यन्त दर्दनाक ढंगले भएको सो दुर्घटनामा ट्रकसँग ठक्कर खाइ मोटरसाइकल सडकमा पल्टिएर चिप्लिएको र पेट्रोल पोखिई आगो सल्किएर मोटरसाइकलमा सवार दुवै जनाको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
बताइएअनुसार मृतकद्वय सहोदर बाबुछोरा हुन् ।

धादिङ्गवेशीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–००९प ८२३० नम्बरको मोटरसाइकलमा धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं. ३ का डा. सुरेश अधिकारी र उनका छोरा बलराम अधिकारी सवार थिए । उनीहरु सवार मोटरसाइकल काठमाडौंबाट चितवन जाँदै गरेको ना. १ क ६५४७ नम्बरको ट्रकमा ठक्कर खाएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन् ।
घटना घटेको स्थलबाट करिव १० मिनेटमा प्रहरी घटनास्थल पुगेको र मोटरसाइकलमा आगलागी हुँदा स्थानीयल बचाउन भरमग्दूर प्रयत्न गरे पनि बचाउन नसकेको बुझिएको छ ।
मोटरसाइलले भोभरटेक गर्न खोज्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया