नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले आफू बिनाशर्त रिहा भएको र सरकार झुकेको बताएकी छन् । बिहीबार साँझ प्रहरी हिरासतबाट मुक्त भएपछि झाँक्रीले प्रतिगमन झुकेको अभिव्यक्ति दिएकी हुन् ।
प्रहरीले आफूलाई उच्च राजनीतिक नेतृत्वको दबाबमा अपराध महाशाखामा ल्याएको भन्दै उनले आफूविरुद्ध मेरोविरुद्ध कुनै जाहेरी दर्ता भएको नभई सोधपुछका लागि मात्र ल्याइएको खुलाइन् । राजनीतिक प्रतिशोधका आधारमा सरकारले प्रहरी प्रशासनमा प्रत्यक्ष दबाब बढाएर नियन्त्रणमा लिने प्रयास गरेको रहेछ भन्ने उनको अभिव्यक्ति थियो ।
राज्यविरुद्धको कसूरमा वारेन्टसहित नेतृ झाँक्रीलाई बिहीबार उनको निवासबाटै पक्राउ गरिएको थियो । उनको गिरफ्तारीविरुद्ध नेकपाको युवा संगठनलगायतले चर्को विरोध र प्रदर्शन गर्नुका साथै प्रतिपक्षी दलका कतिपय नेताले समेत सरकारविरुद्ध वक्तव्यबाजी गरेपछि साँझ नै रिहा गरिएको हो ।
ज्ञातव्य छ, गत साता गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले सेतो साडी र बालकोट जस्ता शब्द प्रयोग गरी सार्वजनिक रुपमा झाँक्रीले आपत्तिजनक अभिव्यक्ति दिएकी थिइन् ।
प्रतिक्रिया