खेल हेर्न प्रधानमन्त्री मोदीलाई निमन्त्रणा

खेल हेर्न प्रधानमन्त्री मोदीलाई निमन्त्रणा


तेस्रो टेष्ट विश्वकै सबैभन्दा ठूूलो मोटेरा रङ्गशालमा

भारत र इङ्गल्याण्डबीच आगामी ५ फेब्रुअरीवाट चार टेष्ट म्याचको श्रृङ्खला शुरु हुँदैछ । कोरोना महामारीका कारण पछिल्लो एक वर्षदेखि भारतले क्रिकेटका कुनै पनि अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता आफ्नो भूमिमा आयोजना गरेको छैन । त्यसैले यो टेष्ट श्रृङ्खला भारतको लागि विशेष बनेको छ । भारतले यो श्रृङ्खलाई अन्तर्राष्ट्रिय पुनरागमनको रूपमा समेत लिएको छ ।

भारत र इङ्गल्याण्डबीच पहिलो टेष्ट ५–९ फेब्रुअरीसम्म चेन्नइको चिदंबरम स्टेडियममा हुँदैछ । त्यस्तै, दोश्रो टेष्ट १३–१७ फेब्रुअरीसम्म यही क्रिकेट मैदानमा आयोजना हुनेछ । कोरोना महामारीको सङ्क्रमणलाई मध्यनजर राख्दै बीसीसीआई दुवै टेष्ट यही स्टेडियममा आयोजना गर्ने निर्णय गरेको हो ।

तेस्रो टेष्ट खेल विश्वको सबैभन्दा ठूलो अहमदावादको मोटेरा स्टेडियममा हुनेछ । जुन २४–२८ फेब्रुअरीसम्म सञ्चालन हुनेछ । पुनर्निर्माणपछि मोटेरा स्टेडियममा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गरिन लागेको हो । मोटेरा स्टेडियमको दर्शक क्षमता १ लाख १० हजार रहेको छ । विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदानमा पहिलो पटक हुन लागेको खेल हेर्न बीसीसीआईले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई आमन्त्रित गर्ने योजना बनाएको छ ।

विभिन्न स्रोतका अनुसार बीसीसीआईले प्रधानमन्त्री मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, केन्द्रीय खेलमन्त्री किरेन रिजिजुलगायतका वरिष्ठ नेताहरूलाई निमन्त्रणा दिन लागेको छ । त्यस्तै, तेश्रो टेष्टमा दर्शकहरूले रङ्गशालामा गएर प्रत्यक्ष रूपमा खेल हेर्न पाउने छन् । कोरोना महामारीपछि पहिलो पटक दर्शकहरूलाई रङ्गशालामा गएर खेल हेर्ने अनुमति दिइएको हो ।

१ लाख १० हजारको दर्शक क्षमता भएकोले मोटरा रङ्गशालामा गुजरात क्रिकेट एसोसियशनले तेस्रो र चौथो टेष्टको लागि ५० प्रतिशत दर्शक राख्न सक्छ । भारत सरकारले मोटेरा रङ्गशालामा ५० प्रतिसत दर्शक राख्न अनुमति दिएको छ । साथै सञ्चारमाध्यमहरूलाई पनि खेल कभर गर्न अनुमति दिइएको छ ।