एपीएफका दीपेश धामी र जेशिका गुरुङले चितवनमा सम्पन्न योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
धामीले सोझो सेट २१–१९, २२–२० र जेशिकाले तीन सेट २१–१८, १७–२१,२१–१७ ले विजय हासिल गर्दै उपाधिमाथि कब्जा जमाएका हुन् ।
महिला तथा पुरुष एकल स्पर्धाका बिजेता खेलाडीहरूले नगद १ लाख १५ हजार प्राप्त गरे । त्यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुनेले समान १५, १५ हजार प्राप्त गरे । यसैगरि बिजयी सवैले ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए ।
राष्ट्रिय २० बरियताभित्रका खेलाडीहरूको बीच भएको पुरुष युगलतर्फ सेनाका नवीन श्रेष्ठ र रत्नजित तामाङको जोडी विजयी भयो । त्यस्तै, सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा विजयी भएका छन् । उनीहरूले राष्ट्रिय २० बरियताबाहेकका खेलाडीहरूका बीच भएको प्रतिस्पर्धाको ट्रफी उचालेका हुन् ।
त्यस्तै ब्वाइज यु १७ तर्फको खेलमा सेनाका आयुष्मान नागरी र गल्र्सतर्फ रशिला महर्जन विजयी भए । यस्तै ५५ वर्षमाथिको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्वअध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधि जिते । पुरुष ४५ वर्षमाथिको प्रतिष्पर्धामा पिस एफसीका पूर्णहरि होना र संजय कपालीको जोडी विजयी भए ।
सो अवसरमा दुबईबाट योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउन आएका दुवई एनआरएन खेलाडी द्वय सानिया चन्द र साहिल चन्दलाई आयोजकले सम्मान गरेको थियो ।
प्रतिक्रिया