नेपाल ट्राइयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ विश्व ट्राइयाथलनको ओलम्पिक कमिसनको सदस्यमा नियुक्त भएका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग समन्वय र सहकार्य गर्ने कार्यका लागि विश्व ट्राइयाथलनले स्थापना गरेको कमिशनमा श्रेष्ठलाई चारवर्षे कार्यकालका लागि विश्व ट्राइयाथलनले चयन गरेको हो ।
कमिशनको अन्य सदस्यमा स्विडेन ओलम्पिक कमिटीका उपाध्यक्ष रिया डामग्रेन निलसन र कोष्टारिका ओलम्पिक कमिटीका सदस्य क्रिष्टिना गोन्जालेज पनि चयन भएको संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।
प्रतिक्रिया