छोरी मानेकी सपनालाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग पक्राउ

छोरी मानेकी सपनालाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग पक्राउ



बेवारिसे शव जलाउने कार्यबाट चर्चामा आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । आफूले छोरी मानेको सपना रोका मगरले गरेको उजुरीका आधारमा बस्नेतलाई मंगलबार काठमाडौंको गोङ्गबुबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार बस्नेतविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको छ ।

एकअर्कालाई बाबुछोरी भनेर सम्बोधन गर्ने गरेका भए पनि पछिल्ला दिन बिनयले सपनालाई यौनहिंसा गर्ने असयले अभद्र व्यवहार गर्दै आएको कुरा सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको थियो । बिबिसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूलाई बस्नेतले अभद्र व्यवहार गरेको भन्दै आइतबार निवेदन दिएकी थिइन् ।