प्रदेश प्रमुख राजेश झाले लिए शपथ

प्रदेश प्रमुख राजेश झाले लिए शपथ



प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएअनुसार नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त झाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले आजै तिलक परियारलाई पदमुक्त गरी झालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।