सनत आचार्य
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो व्यापरिक भवन ‘ट्रम्प प्लाजा एण्ड क्यासिनो’लाई हज्जारौँ डाइनामेट (बम)द्वारा ध्वस्त पारिएको छ ।
अमेरिकाको न्यूजर्सीस्थित एटलान्टा शहरमा सन् १९८४ देखि सञ्चालनमा आएको यो प्लाजामा होटल र क्यासिनो सञ्चालनमा थियो । उक्त समयमा यो भवनलाई ‘ह्यारिस एट ट्रम्प प्लाजा’को नामले स्थापना गरिएको थियो । पछि यसलाई ‘ट्रम्प प्लाजा एण्ड क्यासिनो’ नाम राखिएको थियो ।
३४ तल्ले यस क्यासिनो होटलमा कुल ९०६ कोठा थिए भने एक हजार भन्दा बढि मानिसहरुले काम गर्दथे ।
होटल व्यवस्थापनले सन् २०११ मा या त क्यासिनो बेच्ने वा यसलाई पूनः मर्मत–सम्भार गरेर संचालनमा ल्याउने योजना बनाएको थियो । तर एटलान्टा शहरमा फस्टाउँदै गरेको होटल तथा क्यासिनोको व्यापारका कारण अन्य होटल र क्यासिनोसँग प्रतिस्पर्धा गर्न नसेकेपछि यो होटल सन् २०१४ सेप्टेम्बरबाट पूर्ण रूपमा बन्द गरियो ।

समुद्री किनारमा रहेको यो व्यापारिक भवनको हावा तथा आँधीका कारण बाहिरी भाग जर्जर भइसकेको थियो । जर्जर भएको भवनलाई या त मर्मत–सम्भार गर्नुपर्ने नभए यसको संरचना ध्वस्त गर्ने भन्दै गत वर्ष एटलान्टा शहरका मेयर मार्टीस्माइले आदेश दिएका थिए । पछि व्यवस्थापनले यो होटल बनाउन नसक्ने विविध कारणहरू खुलाएपछि गत बुधबार उक्त ३४ तल्ले भवनलाई हजारौँ बमद्वारा ध्वस्त बनाइ ढालिएको छ । भवन ढाल्दा मानवीय क्षति नहोस् भनेर विशेष सजगता आपनाइएको थियो ।
उक्त भवनलाई ध्वस्त तुल्याइएको दृश्य हेर्नका लागि आमनागरिकलाई समेत यथोचित प्रबन्ध व्यवस्था मिलाइएको थियो भने हजारौँ व्यक्ति भवन ढल्दाको दृष्यलाई विभिन्न माध्यमद्वारा कैद पनि गरेका थिए ।
प्रतिक्रिया