द्रुत गतिबाट २० लाख डोज भ्याक्सिन खरिद गर्नेगरी मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुसार भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप आइतबार नेपाल भित्रिएको छ । नेपालले भारतसँग २० लाख डोज खरिद गरेकोमा १० लाख डोज आज ल्याइएको हो ।
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड नामको भ्याक्सिन यसअघि लगाउन थालिसकिएको छ । सोही खोप सरकारले २० लाख डोज खरिद गरेको हो ।
एयर इन्डियाको विमानबाट ल्याइएको खोप टेकुस्थित कोल्ड स्टोरमा भण्डारण गरिने छ भने यही फागुन २३ गतेबाट सबै जिल्लाका स्वास्थ्य कार्यालयको समन्वयमा यसको वितरण हुने बताइएको छ ।
प्रतिक्रिया