जिम्न्याष्टिकको प्रशिक्षक तालिम सम्पन्न

जिम्न्याष्टिकको प्रशिक्षक तालिम सम्पन्न



नेपाल जिम्न्याष्टिक संघको आयोजनामा जिम्न्याष्टिक प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

तालिममा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, कास्की, बाग्लुङ, धनगढी र एपीएफ क्लबका २१ जना सहभागी थिए । उनीहरुलाई राजेश्वरमान स्थापित, पूर्णमान वज्राचार्य, निरु दर्शनधारी डंगोल, सजनी मानन्धर र गुणेनारायण महर्जनले प्रशिक्षण दिएका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहभागीलाई एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । सो अवसरमा मेयर शाक्यले जिम्न्याष्टिकको विकास र विस्तारका लागि महानगर संघसंग सहकार्य गरेर अगाडि बढ्ने तयार रहेको प्रतिबद्धता जनाए ।

जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले आगामी दिन संघ क्रियाशिल भएर अगाडि बढ्ने बताए ।

जिम्निष्टक संघका सह–अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहले तालिममा हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए ।

जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले विद्यालय तहमा जिम्न्याष्टिकलाई लैनजानु पर्ने धारणा राखे । माघ ११ गतेदेखि सुरु तालिम त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको जिम्न्याष्टिक हलमा भएको थियो ।