प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षमै मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि रेल कुद्ने उद्घोष गरेका छन् ।
कन्चनपुरको वेदकोट नगरपालिका-२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको र वर्षौंदेखि सिँचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको खुलासा गर्दै गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।
दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएको जिकिरका साथ अब त्यो प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको बताए । ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने उनको भनाइ थियो ।
सोही क्रममा प्रधानमन्त्री ओलीले भने, ‘पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ ।’
प्रतिक्रिया