नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस हरदम लाग्ने बताएका छन् ।
कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा बुधबार आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रलाई सुदृढ बनाउने बाटो अदालतले खोलिदिएको बताए । ‘संसद् पुनःस्थापना गर्ने अदालतको आदेशले न्याय र प्रजातन्त्रको जीत भएको छ’, सभापति देउवाको भनाइ छ ।
पूर्वप्रधानमन्त्री देउवाले अदालतप्रति विचाराधीन मुद्दामा कांग्रेसले यो गर वा ऊ गर भनेर भन्न नमिल्ने भएकाले कांग्रेस चुप लागेर बसेको स्पष्ट पारे । कांग्रेस संसदीय व्यवस्था र प्रजातन्त्रका लागि लडेको पार्टी भएकाले संसद् पुनःस्थापनाले कांग्रेस खुशी रहेको देउवाको भनाइ छ ।
सभापति देउवाले पार्टीको १४औँ महाधिवेशन भदौमा सम्पन्न हुने उल्लेख गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा निधिको महत्वपूर्ण भूमिका रहेको बताए ।
प्रतिक्रिया