अदालतको अवहेलना मुद्दामा प्रचण्डले दिए यस्तो जवाफ

अदालतको अवहेलना मुद्दामा प्रचण्डले दिए यस्तो जवाफ


नेकपा प्रचण्ड समूहका अध्यक्ष प्रचण्ड अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । आज उनले दिएको लिखित जवाफमा आफूले अदालतको अवहेलना नगरेको जिकिर उनले गरेका छन् ।

प्रचण्डले अदालतको अवहेलना गरेको भनी अधिवक्ता समीर हायूले दर्ता गरेको निवेदनको अदालतमा लिखित जवाफ प्रस्तुत गर्दै प्रचण्डले अनौठो तर्क गरेका छन् । सरकार र उसका नातेदारले अदालतलाई कमजोर ठानेर यस्ता निवेदन हाल्ने गरेको उनको जिकिर छ ।

उनको जवाफमा भनिएको छ, ‘सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्दछन्। त्यसैले यस्ता निवेदन हाल्न लगाउँदछन् । तसर्थ यसमा अदालत विचलित हुनै सक्दैन । हाम्रो र मेरो दल यसमा सचेत छ। अदालतप्रति बढी भरोसा छ।’

प्रचण्डविरुद्ध अवहेलना मुद्दामा न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले माघ २१ गते सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो।