प्रो रेस्लिङमा हिमालय टाइगर विजयी

प्रो रेस्लिङमा हिमालय टाइगर विजयी


हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसनको आयोजनामा देउराली एमपीसीएल इन्टरटेन्टमेन्ट रेस्लिङ शो सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको रेस्लिङमा हिक्मत थपलिया (स्कोरपियो) र विष्णु सिंह (मिस्टर बाबुसाप) बीचको खेल बराबरीमा सकियो ।

बाबुसाप र भरत बिसुराल (हिमालयन टाइगर) बीचको च्यालेन्ज म्याचमा हिमालयन टाइगर विजयी भए । महिलामा भगवती खड्का, सपना तामाङ, अस्मिता जुरेली र स्नेहा थापा मगरले पनि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा रोयल रम्बल म्याच पनि भएको थियो ।