गौरिका र मन्डेकाजी सम्मानित

गौरिका र मन्डेकाजी सम्मानित



नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदकविजेता गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ सम्मानित भएका छन् ।

नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनमा भएको छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।

सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी थिइन् । मन्डेले दोहोरो स्वर्ण जितेका थिए ।

उनीहरूलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक डोजोका अध्यक्ष सन्तोष श्रेष्ठले सम्मान पत्रसहित सम्मान गरे ।