विश्व टेष्ट च्याम्पियनसीप लीगको फाइनल लर्डसमा

विश्व टेष्ट च्याम्पियनसीप लीगको फाइनल लर्डसमा



विश्व टेष्ट च्याम्पियनसिप लीगको फाइनल खेल आठ दिनपछि सारिएको छ । बेलायतको ऐतिहासिक क्रिकेट मैदान लर्डसमा १० जुनदेखि आयोजना हुने विश्व टेष्ट च्याम्पियनसीप अब १८ जुनमा हुने भएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल यही समयमा हुने भएकोले सो कुरालाई मध्यनजर राख्दै समय सारिएको हो । वर्ल्ड टेष्ट च्याम्पियनसीपको फाइनल आगामी १८ देखि २२ जुनसम्म हुने पक्का भएको छ । सो कुराको जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दिएको छ ।

आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल न्युजील्याण्ड र भारतबीच हुने भएको छ । भारतले चार श्रृङ्खलाको टेष्टमा इङ्गल्याण्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुगेको हो । भारत सर्वाधिक अङ्क प्राप्त गर्दै पहिलो नम्बरमा छनोट भएको हो ।

त्यस्तै, कोरोनाको महामारीका कारण अष्ट्रेलियाले दक्षिण अफ्रिकाको भ्रमण रद्द गरेपछि न्युजील्याण्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो ।

चारैवटै देशले फाइनल खेल्न सम्भावना उत्तिकै रहेकोले भारत र इङ्गल्याण्डबीच हुने चार टेष्ट श्रृङ्खला निर्णायक बनेको थियो । उक्त चार टेष्टमा फाइनलमा पुग्न भारतले २–० को अन्तरले सिरिज जित्नुपर्ने थियो भने इङ्गल्याण्डले ३–० ले । तर पहिलो टेष्ट जितेर इङ्गल्याण्डले अग्रता लिए पनि बाँकी तीन टेष्टमा पराजित भएको थियो ।

अष्ट्रेलियमा सम्पन्न भारत र अष्ट्रेलियाबीचको चार टेष्ट सिरिजमा भारतले अष्ट्रेलियालाई उसैको भूमिमा २–१ ले पराजित गर्दै सिरिजमाथि कब्जा जमाएको थियो । त्यस्तै इङ्गल्याण्डले श्रीलंकालाई उसैको भूमिमा २–० ले पराजित गर्दै सिरिज क्लीन स्वीप गरेको थियो । यस्तोमा भारत र इङ्गल्याण्डबीच हुने चार टेष्टको सिरिज निकै रोमाञ्चक हुने दाबी गरिएको थियो ।