टोकियो ओलम्पिक : टर्च ऱ्याली आगामी २५ जुलाईदेखि

टोकियो ओलम्पिक : टर्च ऱ्याली आगामी २५ जुलाईदेखि



सन् २०२१ मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकको टर्च ऱ्याली आगामी मार्च २५ देखि शुरु हुने भएको छ । सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको थियो । अब टोकियो ओलम्पिकको आयोजना आउँदो २३ जुलाईदेखि शुभारम्भ हुँदैछ ।

टोकियो ओलम्पिक आयोजक कमिटीले रिलेमा सहभागिता जनाउने व्यक्तिहरूको स्वास्थ्य प्रोटोकलको घोषणा गरेको छ । साथै विनासूचना रिलेको मार्ग बदलिन सक्ने पनि खुलासा पनि गरेको छ ।

रिलेको समयमा कुनै नाराबाजी र आवाज निकाल्न नपाउने आयोजक समितिका उपनिर्देशकले जानकारी गराएका छन् । रिलेको समयमा सामाजिक दूरीको पालना गर्दै ताली बजाउन भने पाइने छ ।

रिलेमा मास्कविना पनि दौडिने अनुमति दिइएको छ । रिले २५ मार्च फुकुशिमाबाट आरम्भ भइ २३ जुलाईमा टोकियो पुगी सकिने छ । फुकुशिमा जापानको त्यो शहर हो जसले भूकम्प, सुनामी र परमाणु संयन्त्रको सामना गरिसकेको छ ।