आइपीएलको १४औँ संस्करण भारतका ६ शहरमा

आइपीएलको १४औँ संस्करण भारतका ६ शहरमा



विश्वकै चर्चित इन्डियन प्रिमियर लीग (आइपीएल)को १४औँ संस्करण खेल तालिका सार्वजनिक भएको छ । आईपीएल २०२१ को संस्करण आगामी ९ अप्रेलदेखि ३० मेसम्म सञ्चालन हुनेछ ।
आइपीएलको उद्घाटन खेल अहमदाबादस्थित विश्वको सबैभन्दा ठूलो नरेन्द्र मोदी रङ्गाशालाबाट हुने छ । सिजनको पहिलो खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन र रोयल च्यालेन्जर बेङ्गलुरुबीच बेलुका ७ः३० बजे हुने छ ।

आइपीएलको १४औं संस्करणका खेलहरू भारतका ६ शहरमा आयोजना हुनेछन् । ती भाग्यमानी शहरहरूमा अहमदाबाद, बेङ्गलुरु, मुम्बई, दिल्ली, चेन्नई र कोककोता रहेका छन् ।

आईपीएलका कुल ५६ खेलमा चेन्नई, मुम्बई, कोलकोता र बेङ्गलुरुले समान दस–दस खेलको आयोजना गर्ने टुङ्गो लागको छ । त्यस्तै दिल्ली र अहमदाबादले आठ–आठ खेलको आयोजना गर्नेछन् । यो पटक कुनैपनि टीमको घरेलु मैदान हुने छैन । आईपीएलको फाइनल खेल ३० मेमा अहमदाबादमा हुनेछ । यो पटक उद्घाटन र समापन दुवै खेलको जिम्मेवारी अहमदाबादले पाएको छ ।

आईपीएलको ११औँ संस्करणमा ११ वटा डबल्स खेल हुनेछन् । जहाँ ६ टीम दिउँसोमा तीन म्याच र दुई टीम दिउँसोमा दुई खेल खेल्नेछन् । दिउँसोको खेल नेपाली समय अनुसार पौने ४ बजे र बेलुकीको खेल पौने ८ बजे शुरु हुनेछ ।

आईपीएलका शुभारम्भका केही खेल दर्शकविनाको रित्तो रङ्गशालामा खेलाइने छ । बाँकी खेलमा दर्शक राख्ने निर्णय गरिए पनि कति सङ्ख्यामा दर्शक राख्ने त्यो बारेमा निर्णय गरिएको छैन ।