टोकियो ओलम्पिकको टर्च रिले आरम्भ

टोकियो ओलम्पिकको टर्च रिले आरम्भ



विशेष प्रतिनिधि, टोकियो (जापान)

बहुप्रतीक्षित टोकियो ओलम्पिकको टर्च रिले आज जापानको फुकुसिमाबाट सुरु भएको छ । कोरोनाका कारण एक वर्ष पछिसरेको यो टर्च रिले जापानका विभिन्न प्रान्तहरुका १२१ ठाउँमा पुग्नेछ । यस क्रममा करिव १० हजार धावकहरु टर्च रिलेमा सहभागी हुनेछन् ।

ओलम्पिक टर्च रिले आज (२५ मार्च) बिहान ९ बजेर ४० मिनेटमा फुकुसिमा केनबाट सुरु भएको हो । पहिलो टर्च बोक्नेहरु सन् २०११ को महिला फुटबल विश्वकपको विजेता ‘नादेसिको जापान’ १६ जना सदस्यहरु रहेका छन्।