व्यक्तिको अंगका भागहरु पाँचजनामा प्रत्यारोपण

व्यक्तिको अंगका भागहरु पाँचजनामा प्रत्यारोपण


लण्डन । जापानको पाँचवटा शहरका अस्पतालहरुमा एकजना मृत मस्तिष्क भएको मृतक मान्छेको शरीरका अंगहरु अस्ति बिहीवार रातिबाट शुक्रवार बिहानसम्म क्रमशः टोकियो, ओसाका, क्योटो, कोबे र नगोयाका अस्पतालहरुमा सफलतापूर्वक प्रत्यारोपण गरेको समाचार प्रकाशमा आएको छ । जापानको एउटा प्राधिकारिक प्रत्यारोपण संस्था, जापान अर्गन ट्रान्सप्लान्ट नेटवर्कले सम्प्रेषन गरेअनुसार मृत व्यक्तिको परिवारको सहमतिमा उनको शरीरका मुटु, फोक्सो, कलेजो, मृगौला र पाचकथैलीलाई पाँचजना व्यक्तिहरुका शरीरमा प्रत्यारोपण गरिएको थियो । मृतकले यसबारे आफ्नो ईच्छा भने जाहेर गरेका थिएनन् । त्यस व्यक्तिलाई बिहान चार बजेर २ मिनट जाँदा डाक्टरहरुले मस्तिष्क मृत घोषित गरेका थिए । त्यसपछि उनको शरीरका अंगहरु निकालेर हवाइजहाज र हेलिकोप्टरबाट विभिन्न पाँचवटा शहरहरुमा पुर्‍याइएको थियो । उनको मुटु एकजना ४० वर्षीय मानिसलाई टोकियो अस्पतालमा, फेाक्सो एकजना २० वर्षीय ठिटोलाई ओसाका अस्पतालमा, क्योटो अस्पतालमा एकजना ४० वर्षीय मानिसलाई कलेजो, एउटा मृगौला एकजना ६० वर्षीय मानिसलाई कोबे अस्पतालमा प्रत्यारोपण गरिएको थियो । बाँकी रहेको मृगौला र पाचकथैली एकजना ३० वर्षीय महिलालाई नगोया डैनी रेडक्रस अस्पतालमा प्रत्यारोपण गरिएको थियो ।
जापानमा मस्तिष्क मृत भएको मान्छेको शरीरबाट अंग निकालेर भिन्न मानिसको अंगमा प्रत्यारोपण गर्ने यो दोस्रो घटना हो । जापान सारकारले सन् १९९७मा अंग प्रत्यारोपण गर्नेसम्बन्धी ऐन पास गरेको थियो । १५ वर्षभन्दा माथिका मानिसहरुको मात्र सहमतिमा हस्ताक्षर लिएर अंग निकालेर प्रत्यारोपण गर्ने त्यस ऐनमा प्रावधान छ । तर, यसलाई सजिलो पार्नको लागि सन् २००९मा ऐनलाई संशोधन गरेर मृत्यु भइसकेपछि मृतकको परिवारको सहमतिमा मृतकको अंग निकालेर अरुको अंगमा प्रत्यारोपण गर्न सक्ने कानून पारित गरेको छ । अहिलेको अंगदान गर्ने व्यक्तिको नाम खुलाइएको छैन तर, उनी उमेर १८ वर्षका थिए । श्रोत – नेट, सुमल, मेस ।