नेपालमा कोरोनाबाट ६,१५३ ले ज्यान गुमाए, २४ घण्टामा ८,८४८ ले जिते कोरोना

नेपालमा कोरोनाबाट ६,१५३ ले ज्यान गुमाए, २४ घण्टामा ८,८४८ ले जिते कोरोना



देशभर शनिबार ८,९८० संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या ५,०५,६४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ८,८४८ जनाले कोरोना संक्रमण जितेका छन् भने कोरोना जित्नेको कूल संख्या ३,८३,६८४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १२९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ६,१५३ पुगेको बताइएको छ ।

यतिबेला सक्रिय संक्रमित भने १,१५,८०६ जना रहेको मन्त्रालयको भनाइ छ ।