ओरालोतिर निरुता

ओरालोतिर निरुता


यतिबेला नायिका निरुता सिंहको चर्चा शून्यप्राय: छ । कुनै समय उनलाई आफ्नो चलचित्रमा राखेर ‘लाखौँ’ कमाउनेहरू पनि अहिले निरुतादेखि टाढिएका छन् । बलेकै आगो ताप्नेहरूको बिगबिगी भएपछि विक्षिप्त हुन पुगेकी निरुता लामो समयदेखि मुर्म्बईमा बस्दै आएकी छिन् । कुनै गोल्डेन अवसर आयो भने वा आउने पनि जरुरी काम परेमा मात्र काठमाडौं झर्ने गरेकी निरुता पछिल्लोपटक चलचित्र ‘मलाई मन पर्‍यो’को सुटिङताका काठमाडौं आएकी थिइन् । बिनाकाम यता बस्दा सबैको खिसीको पात्र बनिने डरले उनलाई बारम्बार सताइरहन्थ्यो । लामो समयको अन्तरालपछि निरुतालाई चलचित्र ‘मलाई मन पर्‍यो’का निर्माता रमेशजंग रायमाझीले यसै चलचित्रमार्फत नेपाली सिनेमा उद्योगमा ‘कमब्याक’ गराएका थिए । त्यो फिल्म खेल्नसाथ अर्को फिल्म पाइन् निरुताले द गेम । द गेममा काम गरेको करिब तीन वर्ष भइसक्दा पनि निरुताको हातमा त्यसपछि एउटा पनि सिनेमा परेको छैन ।
यतिबेला मुर्म्बईमा उनी के गरेर बसिरहेकी छिन् – सबै अनविज्ञ छन् । तर, निरुताले नै आफ्ना साथीभाइसमक्ष भने आफू फेसन डिजाइनिङको प्रशिक्षण लिइरहेको जानकारी गराएकी छिन् । चलचित्र अभिनयबाहेक अन्य क्षेत्रमा निरुताको रुचि पहिलेदेखिकै भए तापनि विदेशमा गएर यसको प्रशिक्षण लिनुले भने उनलाई झनै सिनेमा क्षेत्रबाट टाढा राखेको छ । नेपालमा नै बसिरहेको भए कमसेकम केही चलचित्र हात लागे तापनि उनको निरुन्तरता देखिन्थ्यो र उनी बजारमा छाइरहन्थिन् । तर, भारततिर गुमनाम भएर बस्दा भने निरुताको साख, क्रेज र परिचर्चामा झनै सन्नाटा छाउन थालेको छ ।
अर्को कुरा उनलाई सिनेमामा खेलाउने इच्छा निर्माताहरूसँग भए तापनि त्यो इच्छा पूरा हुन निर्माणहरू नै मारमा पर्ने देखिन्छ । यदि निरुतालाई सिनेमामा खेलाउने निर्णयमा निर्माताहरू पुगे पनि मुर्म्बईमा रहेकी निरुतालाई सर्म्पर्क गर्न गाह्रो छ । अनि सर्म्पर्क भइहाले तापनि प्लेन टिकट पनि उपलब्ध गराउनुपर्ने उनको गजबको माग हुने गर्दोरहेछ । यसरी निरुता आफैं असहज रूपमा प्रस्तुत भइदिँदा निर्माताहरूले निरुताको मागलाई सहज मान्न सकिरहेका छैनन् । निरुता पछि पर्नुमा उनको आफ्नै कारण पनि प्रमुख बन्न पुगेको छ ।
जस्तो कि पुस ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘द गेम’कै कुरा गरौँ । यो चलचित्रमा प्रमुख मात्र होइन बेजोडकै भूमिका छ निरुताको । तर, यो सिनेमाप्रति निरुताले माया नै गरेको देखिँदैन । मेरो काम अभिनय गर्नु हो, अभिनय गरे, पारिश्रमिक लिएँ, सकियो भन्ने जस्तो व्यवहारले पनि निरुतालाई पछि पारेको छ । यो सिनेमाकी प्रमुख पात्र निरुता यतिबेला ‘द गेम’को प्रचारप्रसारमा लागिपर्नुपर्ने हो । कलाकारको कर्तव्य पनि हो यो तर उनी मुर्म्बईमा छिन् । यस कारणले पनि द गेमको युनिटले निरुतालाई निकै आग्रह गरेर दुईतर्फी हवाई टिकट दिएर काठमाडौं बोलाएको छ ।
यसै साता काठमाडौं आउन लागेकी निरुताले आफैं पनि आफ्नो सिनेमाप्रति चासो दिनुपर्ने थियो, तर उनले खासै महत्त्व दिएको देखिँदैन । आफूले खेलेको सिनेमा हिट भएमा त बजार उनकै बढ्ने हो नि – यो कुरा बुझेर पनि निर्मातालाई पेल्न भने उनले छाडेकी छैनन् । यस कारणले पनि सबै निर्माताले मलाई हेपे भनेर लोली गाउनुभन्दा आफ्नो आचरण र व्यवहारमा सुधार ल्याएमा निरुताको भविष्य राम्रो देखिन्छ । यसले जे भने पनि एक समय सर्वाधिक पारिश्रमिक लिने नायिका त यिनी नै हुन् नि !

पूर्वपतिको आगमनले सञ्चिता तनावमा
यतिबेला नायिका सञ्चिता लुइँटेल तनावमा छिन् । एकातिर मन्दिरमा गएर विवाह गरेका आफ्ना पूर्वपति आकाश शाहको चर्चा दिनानुदिन चुलिँदै गएको छ भने अर्कातिर नाम, इज्जत अनि परिवार नै दाउमा राखेर निखिल उपे्रतीसँग घरजम गर्न पुगेकी उनको महत्त्वाकाङ्क्षा ओरालो लाग्दै छ ।
जुन बेला आकाश कलाकारिता क्षेत्रमा सङ्घर्ष गर्दै थिए त्यतिबेला निखिल उपे्रती नाम र चर्चाको हिसाबले चरमचुलीमा पुगेका थिए । यो देखेर आकाशलाई त्यागेकी सञ्चिता निखिलतिर लागिन् र बच्चा पनि पाइन् । तर, यतिबेला समयले कोल्टे फेरेको छ । सञ्चिताको जीवन … पुछेको ढुङ्गा पनि काम लाग्छ’ भनेजस्तै भएको छ । अहिले निखिल र सञ्चिताको फिल्मी क्यारियर ओरालो लाग्दै छ भने मुर्म्बईमा लामो सङ्घर्षपछि सञ्चिताका पूर्वश्रीमान् आकाश अभिनयको हरेक पक्षबाट फिट भएपछि नेपाल आएका छन् र उनलाई निर्माता सुशील पोखरेलले चलचित्र ‘बडीगार्ड’मा प्रमुख पात्रको रूपमा उभ्याए । आफूले लत्याएको अनि केही पनि नगर्नेको युवक अब नेपाली सिनेमामा दहै्रसँग जम्ने अवस्था बलियो हुँदै छ भने उता सञ्चिता सन्तान स्याहार गरेर पछुतो मानिरहेकी छिन् । दिन सबैको आउँछ भन्ने कुरा यी प्रसङ्गहरूले पनि स्पष्ट पारेको छ ।
निखिल उपे्रतीको परिवारमा दोस्री श्रीमती भएर प्रवेश गरेकी सञ्चिताले पहिला जसलाई धोका दिइन् त्यही केटो यतिबेला चर्चामा छ, तर सञ्चिता भने दिनप्रतिदिन कलाकारिता क्षेत्रबाट विस्थापित हुने अवस्थामा पुगेकी छिन् । उता निखिल लुकी-लुकी फाट्टफुट्ट सिनेमा खेलिरहेका छन् भने सञ्चिता माइतीघरको शरणमा पुगेकी छिन् । यी सबैलाई चक्मा दिँदै सञ्चिताका पूर्वपति आकाश शाह छाती फुलाएर छायाङ्कनमा व्यस्त रहेका छन् । त्यसो त दर्शकहरूले पनि नयाँ अनुहार खोजिरहेको अवस्थामा केही गरौँ भनेर निकै उत्साह बोकेर आएका आकाशले सञ्चिता लुइँटेललाई देखाउन भए तापनि केही गर्नुपर्ने अवस्था छ यतिबेला ।

‘मनको भावना’ : सुन्न पनि हेर्न पनि
पुराना लोक तथा दोहोरी गायक घमेश दुलाल केही समयको अन्तरालपछि नयाँ भीसीडी लिएर आएका छन् ।
घमेशलाई साङ्गीतिक बजारमा चर्चामा ल्याउन लागेको त्यो एल्बम हो- मनको भावना ।
कामना डटकमले बजार व्यवस्थापन गरेको यो भीसीडीमा घमेशले पाँचवटा म्युजिक भिडियोहरू सङ्ग्रहित गरेका छन् । लोक तथा दोहोरी गीतहरूको भीसीडी ‘मनको भावना’ भित्र घमेशको मात्र नभएर अन्य चर्चित गायिकाको आवाज पनि समेटिएको छ । गायिका स्वर्गीय भगवती दंगालको साथमा अन्य गायिकाहरू सत्यकला र्राई, पार्वती कार्की र माण्डवी त्रिपाठीको आवाज समेटिएको यो भीसीडीमा अभिनय गरेका मोडलहरूको बलियो उपस्थितिले पनि मनको भावनालाई व्यावसायिक सफलता मिल्ने कुराप्रति ढुक्क हुन सकिन्छ । ‘अहिले त सुन्नेभन्दा पनि हेर्नेको समय हो । अडियो नचलिरहेको समयमा मैले भीसीडी ल्याएको हुँ,’ घमेशले भने । यो भिसिडीमा सङ्ग्रहित भिडियोहरूमा मधुर बस्नेत, सुष्मा अधिकारी र शंकर बिसीलगायतका मोडलहरूको अभिनय रहेको छ भने शंकर बिसीको नृत्य-निर्देशन रहेको छ भीडीसीभित्रका गीतहरूमा ।

‘इसारा’प्रति उमाबेबी आशावादी
सिनेमाको पर्दामा अभिनय गर्ने कलाकार स्वयम् पनि यतिबेला चलचित्र निर्माणतर्फअग्रसर भएका देखिन्छन् । सिनियर नायिका करिश्मा मानन्धरबाट सुरु भएको यो यात्रा वर्तमान पुस्ताकी नायिका उमाबेबीसम्म जारी छ ।
थुपै्र सिनेमा र म्युजिक भिडियोमा कुशलतामा साथ अभिनय गरेकी नायिका उमाबेबीले पछिल्लोपटक अभिनय गरेको चलचित्र हो ‘तोड’ । यो चलचित्रमा उनी अहिले चल्तीमा रहेका नायक सुमन सिंहको जोडी बनेकी छिन् । केही समयअगाडि मात्र प्रदर्शनमा आएको चलचित्र तोडको सफलतासँगै अब उमाबेबी आफैं निर्मात्री भएको चलचित्र पनि बजारमा आउने तयारीमा छ । ‘इसारा’नामक चलचित्रमार्फत निर्माण विधामा समेत हात हालेकी उमाले यो चलचित्रमा सविर श्रेष्ठलाई निर्देशक लिएकी छिन् । सविरले यसअघि रेखा थापाको सफल चलचित्र ‘कसले चोर्‍यो मेरो मन’को निर्देशन गरेका थिए । चाँडै सार्वजनिक प्रदर्शनमा आउने ‘इसारा’ले च्यारिटी शोमार्फत सिक्किममा रामै्र प्रशंसा कमाइसकेको छ । महिलाले भोग्नुपर्ने विभिन्न पीडालाई विषयवस्तु बनाएर निर्माण गरिएको ‘इसारा’को सफलताप्रति ढुक्क रहेकी उमाबेबी भन्छिन्, ‘सिक्किमबाटै यसले लगानीको आधा रकम उठाइसकेको छ, नेपालमा सार्वजनिक प्रदर्शनमा आएपछि यो चलचित्रको तारिफ हुने र नाफासमेत कमाउने विश्वास मैले लिएकी छु ।’