देउवा प्रधानमन्त्री नियुक्त

देउवा प्रधानमन्त्री नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

नियुक्तिसँगै आजै शपथ ग्रहणको तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही आदेशअनुसार राष्ट्रपतिबाट उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।