देउवालाई पाँचौँ मौका

देउवालाई पाँचौँ मौका


अठहत्तर वर्षीय शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनाइनुभएको छ । सर्वोच्च अदालतको विवादास्पद आदेशबाट देउवा प्रधानमन्त्री बनाइनुलाई नेपालको इतिहासकै दुर्लभ घटना मानिएको छ ।

देउवा २०५२ सालको भदौमा पहिलोपटक प्रधानमन्त्री नियुक्त हुनुभएका देउवालाई सोह्र महिनापछि विश्वासको मत लिने क्रममा दुई सांसदलाई संसद्मा अनुपस्थित गराएर गिरिजाले पदमुक्त गराइदिएका थिए । त्यसपछि २०५८ सालको साउनमा दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुनुभएका देउवालाई पन्ध्र महिनापछि २०५९ असोज १८ गते शाही घोषणामार्फत पदमुक्त गरिएको थियो । त्यसपछि २०६१ को जेठमा राजाबाट प्रधानमन्त्री नियुक्त देउवा नौ महिनापछि २०६१ माघ १९ गते राजाबाट नै बर्खास्तगीमा पर्नुभएको थियो । उक्त घटनाको बाह्र वर्षपछि शेरबहादुर देउवा २०७४ सालमा चौथो पटक आठ महिनासम्म प्रधानमन्त्री रहनुभएको थियो ।

यसपटक अदालतको निर्णयबाट उहाँ पाँचौँपल्ट प्रधानमन्त्री बन्नुभएको छ । तीस दिनभित्र विश्वासको मत प्राप्त गर्न सके आगामी डेढ वर्षसम्म देउवा प्रधानमन्त्री रहनुहुनेछ । विश्वासको मत प्राप्त गर्न नसकेमा देउवा संसद् विघटन गरी निर्वाचनमा जाने निर्णयमा पुग्ने निश्चित मानिन्छ । तर केपी ओलीले गरेको संसद् विघटनलाई बदर गर्ने अदालतले देउवाको विघटन कसरी सदर गर्न सक्ला- जिज्ञाशा र प्रतीक्षाको विषय बनेको छ । तथापि, देउवाले सिङ्गो जसपा र एमालेको विश्वासको मत लिन कोशिस गर्नुहुनेभएको छ ।