माधव नेपालको ‘फैसला’ चित्त नबुझेपछि भीम रावलले दिए सांसद पदबाट राजीनामा

माधव नेपालको ‘फैसला’ चित्त नबुझेपछि भीम रावलले दिए सांसद पदबाट राजीनामा



अनैतिक राजनीतिक खेलबाट अलग रहने भन्दै नेकपा एमालेका उपाध्यक्ष एवम् एमाले विवाद समाधानका लागि गठित कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक रहेका डा. भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । आफूलाई पार्टी एकताको पक्षमा हृदयदेखि नै क्रियाशील रहेको बताउँदै आएका रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत लिने प्रक्रिया अगाडि बढेकै दिन सांसद पदबाट राजीनामा दिएर तरङ्ग पैदा गरिदिएका हुन् ।

माधव नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको सन्दर्भप्रति रावल असन्तुष्ट रहेको उनीनिकट एक एमाले कार्यकर्ताले जानकारी दिए । पार्टीलाई विभाजनबाट रोक्नुपर्ने बताउँदै आएका रावलले यो प्रयास सफल नभएको निष्कर्षका साथ राजीनामा दिएका बताइएको छ ।