प्रधानमन्त्री देउवालाई विश्वासको मत हासिल, प्रधानमन्त्रीका पक्षमा १६५ र विपक्षमा ८३ मत

प्रधानमन्त्री देउवालाई विश्वासको मत हासिल, प्रधानमन्त्रीका पक्षमा १६५ र विपक्षमा ८३ मत



प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।

आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसद सहभागी भएका थिए ।

सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक तथा स्वतन्त्र एक सांसद छन् ।

गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनर्स्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ ९५० बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते दिनको १ बजे बस्ने जनाइएको छ ।