पार्टी निर्देशन उल्लंघन गर्ने बाइस सांसदसँग एमालेले स्पष्टिकरण लिने

पार्टी निर्देशन उल्लंघन गर्ने बाइस सांसदसँग एमालेले स्पष्टिकरण लिने



पार्टी एकताको लागि गठन गरिएको एमालेको कार्यदलले पेश गरेको पार्टी एकताको १० बुँदे सहमति नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा सोमबार बसेको केक बैठकले पार्टी निर्देशन उल्लंघन गर्ने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

१० बुँदे सहमति कार्यन्वयनमा लैजानुका साथै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको र केन्द्रिय कमिटीको अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने भएको ज्ञवालीले जानकारी दिए ।