निरुता दुलही बनेरै छाड्ने

निरुता दुलही बनेरै छाड्ने


एक समय नेपाली सिनेमामा सबैभन्दा बढी पारिश्रमिक लिने नायिकाको नाममा आफ्नो नाम दर्ता गराएकी थिइन् निरुता सिंहले । नायिकाहरूको भीडमा सबैलाई उछिन्न सफल निरुता अहिले भारतमा नै बस्न थालेकी छिन् । निकै समय नेपाली सिनेमाबाट हराएकी निरुता लामो समयको ग्यापपछि चलचित्र द गेममार्फत पुन: सिनेमामा फर्किएकी छिन् । यसै सिनेमाको प्रमोशनका लागि गत बिहीबार निरुता काठमाडौं आएकी छिन् । पुस ८ गते शुक्रदेखि नेपलभरका हलहरूबाट प्रदर्शनमा आउने चलचित्र द गेम र निरुताको व्यक्तिगत जीवनबारे यसपटक केही रमाइलो कुराकानी गरिएको छ ।
० द गेमले बोलाउनासाथ काठमाडौं आउनुभयो नि । के छ त्यस्तो यो चलचित्रमा ?
– यो चलचित्रबाट मैले निकै आशा राखेकी छु । नेपाली चलचित्र क्षेत्रमा द गेमबाट मेरो कलाकारितामा ‘आइस ब्रेक’ हुनेछ । यो मेरो दाबी हो ।
० एक समय तपाईं सर्वाधिक पारिश्रमिक लिने नायिकामा पर्नुहुन्थ्यो नि होइन ?
– हो, मैले चलचित्र यो कस्तो प्रेमबाट चार लाख लिएकी थिएँ ।
० द गेमबाट चाहिँ कति पाउनुभयो नि ?
– त्यसबारे गोप्य नै राखौँ न । यो चलचित्रबाट पाएको पारिश्रमिकबाट म सन्तुष्ट छु ।
० अब फेरि लामो ग्याप हुन्छ कि नेपाली फिल्ममा ?
– अब हुँदैन, तर यसो भन्दैमा जस्तो पायो त्यस्तो चलचित्र अनि भूमिकामा म देखा भने पर्दिनँ । अब त छान्नु पनि पर्‍यो नि ।
० अहिलेका नायिकाहरूले पाउने पारिश्रमिकबारे थाहा छ तपाईंलाई ?
– मैले सुनेकी छु कि पारिश्रमिक त निकै कम पाउँछन् रे आजकल । सिनेमाको सङ्ख्या बढ्यो तर पारिश्रमिक घट्यो ।
० किन यस्तो भएको होला ?
– रहरेहरूको भीड अनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा यसो भएको हो । चलचित्रमा अनुहार देखाउनेहरूको जमात धेरै भएपछि के गर्ने ?
० तपाईंको नायक भएकाहरूको सन्तानहरूको पनि विवाह फटाफट भइरहेको छ । अब तपाईंचाहिँ कहिले बिहे गर्ने नि ?
– अबचाहिँ विवाह गर्ने सोच आएको छ ।
० कहिले खान पाइन्छ त निरुताको विवाहभोज ?
– सन् २०१२ भित्र म दुलही पक्कै हुन्छु ।
० निरुताको दुलाहा भारतीय कि नेपाली ?
– यो कुराचाहिँ अहिले नभनौँ कि ?

दिलले टिकेरै देखाउने
आफूले जुन उद्देश्यले चलचित्र निर्माण गरेको थियो त्यो उद्देश्य पूरा भएकाले यतिबेला दङ्ग छन् निर्माता तथा नायक दिल श्रेष्ठ । चलचित्र ‘पर्खिराख है…’ निर्माण गरेपछि वाहवाही कमाएका दिल आफ्नो नायकको उपस्थितिलाई पनि दर्शकहरूले स्वीकारेकोमा गौरव लागेको कुरा बताउँछन् । ‘मजस्तो भर्खर सिनेमा क्षेत्रमा आएको केटोको चलचित्र हेर्न दर्शकहरू हलसम्म आइपुग्नुभयो । मेरा लागि कम गौरवको कुरा होइन यो,’ उनले बताए ।
चलचित्र पर्खिराख हैमा लगानी अलि बढी भएको महसुस त उनले पनि गरेका छन् । तर, पछुतो छैन भन्छन् उनी । ‘राम्रो चिज बनाउने क्रममा लगानी बढ्न गएको हो । लगानीभन्दा पनि आत्मसन्तुष्टि पनि त ठूलो कुरा हो नि,’ उनले अगाडि थपे, ‘दर्शकहरूले राम्रो चलचित्र हेर्न पाइयो भनेर गर्नुभएको मूल्याङ्कन पैसाले किनेर पाइने चिज हो र ? दाम गए तापनि नाम आएको छ । जुन नाम करोडौँ खर्च गर्दा पनि आउँदैन ।’
आर्थिक रूपमा पहिलो चलचित्रबाट केही घाटा भए तापनि अभिनय र निर्माण विधालाई नछाड्ने प्रतित्रद्धता व्यक्त गरे उनले । चलचित्र पर्खिराख है केही हलहरूमा चल्न बाँकी रहेको र ती हलहरूमा चलेर उत्रनासाथ अर्को नयाँ चलचित्र निर्माणको तयारीमा लागिपर्ने छन् उनी । दिलले अगाडि भने, ‘म चलचित्र क्षेत्रलाई व्यावसायिक रूपमा नै अगाडि बढाउने योजनाका साथ आएको छु । एउटा चलचित्र बनाएर म भाग्दिनँ । आगामी दिनमा अझै परिस्कृत रूपमा अगाडि बढ्दै छु ।’

श्रीकृष्ण र श्वेता सुटुक्क धुलिखेलमा
चलचित्र ‘कहाँ भेटिएला’मा श्रीकृष्ण श्रेष्ठले श्वेता खड्कालाई नायिका बनाएका छन् । यो चलचित्रको सफलतासँगै यी दुईबीचको प्रेम-प्रसङ्गबारे पनि बजारमा निकै टीका-टिप्पणी हुँदै आएको छ । स्वदेशदेखि विदेशसम्मको चलचित्रसम्बन्धी कुनै पनि कार्यक्रम वा समारोहमा यी दुईलाई एकसाथ देखिँदै आएको छ तर, पनि यी दुईलाई सञ्चारकर्मीहरूले ‘तपाईंहरू विवाह गर्दै हुनुहुन्छ हो’ भनेर बारम्बार प्रश्न तेर्स्याउँदा दुवैले यो कुरालाई नकार्दै आएका छन् । तथापि श्रीकृष्ण र श्वेताबीचको नजिकको सम्बन्धलाई हेर्दा अन्तत: यी दुई जीवनसाथीको रूपमा नजिक हुन सक्छन् कुनै दिन भन्दा फरक नपर्न सक्छ ।
अहिले त श्रीकृष्ण र श्वेता सिनेमासम्बन्धी कार्यक्रम वा समारोहमा मात्र होइन फुर्सद हुनासाथ यसो घुम्नका लागि काठमाडौंबाहिरको यात्रामा पनि निस्कन थालेका छन् । उनीहरूको यो घुमाइ कुन प्रयोजनका लागि हो ? हामी नकारात्मक सोच्न सक्दैनौँ तर गत शनिबार धुलिखेलको धुलिखेल लज रिसोर्टमा देखापर्‍यो यो जोडी । त्यस दिन बन्द भएका कारण दिउँदो ४ बजे बन्द खुल्नासाथ काठमाडौं र्फकन यो जोडी निकै हतारमा देखिन्थ्यो । हाम्रो क्यामेराले पनि श्रीकृष्ण र श्वेता चढेको बा.४च ५४४४ नम्बरको गाडीको तस्बिर कैद गरिहाल्यो । नेपाली चलचित्रका हिट जोडीलाई आफ्नै आँखाअगाडि देख्दा स्थानीय बासिन्दा पनि निकै खुसी देखिन्थे ।
त्यसो त, स्थानीय व्यक्तिहरूले आफ्नै आँखाअगाडि नेपाली सिनेमाका हिट जोडीलाई देख्दा उनीहरूसँग भलाकुसारी गर्न मन लागेको थियो । तर, यो जोडी भने हतारहतार धुलिखेलबाट काठमाडौंतिर हुइँकिहाल्यो । श्रीकृष्ण र श्वेता धुलिखेलमा आएका छन् भन्ने कुरा एक कान दुई कान मैदान भएपछि उनीहरूलाई हर्ेर्ने दर्शकहरूको संख्या क्रमश: बढ्न थालेको थियो तर त्यतिबेलासम्म श्रीकृष्ण र श्वेता चढेको गाडीको पाङ्ग्रा गुडिसकेको थियो । ‘सिनेमाको पर्दामा देखेको जोडीलाई आँखाअगाडि हर्ेर्ने धोको पूरा भएन,’ एक स्थानीय थकथक मान्दै थिए ।

कलाकार-पत्रकार सम्मानित
राष्ट्रिय जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, कवि दुर्गालाल श्रेष्ठ र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित करिब दुई दर्जन कलाकार र पत्रकारलाई मच्छेगाउँको नेपाल सांस्कृतिक कला मन्दिरले सम्मान गरेको छ ।
गत शनिबार सम्मानित हुनेहरूमा द्वन्द्वनिर्देशक एनबी महर्जन, हास्यजोडी शिवहरि पौडेल र किरण केसी, हास्यव्यंग्यकार शैलेन्द्र सिंखडा, गायक/संगीतकार नरेन्द्र प्यासी, गायिका निशा देशार, संगीतकार चेतन सापकोटा, नृत्यनिर्देशक कविराज गहतराज, हिमाल खबर पत्रिकाका डम्बरकृष्ण श्रेष्ठ अनुशील, अन्नपूर्ण पोष्टका मनोज श्रेष्ठ, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, त्यसैगरी अमेरिकाबाट प्रकाशित हुने नेपाल चौतारी नामक मासिकका प्रधानसम्पादक प्रशान एलुङ राईलगायत छन् । त्यस्तैगरी स्थानीय समाजसेवी डा. भाइकाजी तिवारीलाई पनि सम्मान गरियो । नेवारी कलाकारतर्फ चलचित्रकी महिला निर्देशक सुनिता राजभण्डारी, निर्देशक आर्यम नकर्मी, अमृतचन्द्र श्रेष्ठ, गायक सुमन कपाली, किशोर शाही पनि सम्मानित भए । उनीहरूलाई चलचित्र विकास वोर्डका अध्यक्ष गणेश भण्डारीले ताम्रपत्र प्रदान गरेका थिए ।