पोखरामा पर्यटनसँगसँगै चलचित्र

पोखरामा पर्यटनसँगसँगै चलचित्र


काठमाडौंपछि पोखरा नेपाली चलचित्र बजारका लागि दोस्रो ठूलो बजार हो । पोखरामा शुक्रबारदेखि रक्षा सिंह निर्देशित चलचित्र ‘द गेम’ रिलिज भएको छ । यसले गरेको व्यापारले सकारात्मक सन्देश दिएको छ । चलचित्रकी निर्देशक रक्षाको दाबी छ- बलिउडमा समेत निकै आश गरिएको चलचित्र ‘डन २’ लाई उछिनेर गेमले पोखरामा सफल व्यवसाय गरेको छ ।
चलचित्र द गेमको प्रमोशनका लागि आइतबार काठमाडौंबाट पोखरा हिँडेको यो चलचित्रको युनिटमा नायिका निरुता सिंह, निर्देशक रक्षा सिंह, निर्मात्री बुनु विष्ट र नायक तथा कथाकार बालनरसिंह राणा रहेका थिए । आइतबार पोखराको विन्ध्यवासिनी हलमा यो युनिटले दर्शकमाझ बसेर चलचित्र द गेम पनि हेर्‍यो । हलमै दर्शकमाझ निरुताले भनिन्, ‘म निकै लामो ग्यापपछि यसरी चलचित्रको प्रचारका लागि राजधानीबाहिर निस्केकी हुँ, दर्शकको मायाले गर्दा मलाई नयाँ काम गर्न उत्साह थपेको छ ।’
करिब सय चलचित्रको सफल सम्पादन गरिसकेपछि पहिलोपटक द गेमबाट निर्देशक बनेकी रक्षा पनि यतिबेला आफ्नो चलचित्रको सफलताले हौसिएकी छिन् । उनले भनिन्, ‘पहिलो चलचित्रले दिएको सफलताको कारणले मलाई यस क्षेत्रमा निरन्तरता दिन उत्साहित बनाएको छ ।’ च्ालचित्र गेमबाट डेब्यू गरेका नायक बालनरसिंंह राणा पनि आफ्नो चलचित्रले दिएको सफलताबाट कम उत्साहित छैनन्, भन्छन्, ‘सुरुमा त मलाई निकै डर लागेको थियो, दर्शकले मलाई स्वीकार्ने हुन् कि होइनन्, तर त्यो डर पोखरेली दर्शकलाई भेटेपछि हटेको छ ।’ आफ्नो पहिलो चलचित्रले दिएको सफलताप्रति उनी दङ्ग छन् । पोखरामा दर्शक भेटेपछि चलचित्र द गेमको युनिट पूर्वतिर लागेका छन् ।
पोखरामा नेपाली चलचित्रले गरेको व्यापारबाट द गेमको युनिट मात्रै होइन निर्माताहरूको छाता सङ्गठनका अध्यक्ष राजकुमार र्राई पनि हौसिएका छन् । अध्यक्ष र्राई भन्छन्, ‘राज्यले पोखरालाई चलचित्र नगरी बनाउने निर्णय गर्‍यो त्यसलाई मर्ूतरूप दिन निर्माताहरूको पहल पनि जरुरी छ । र, त्यसका लागि पहल गर्न निर्माता सङ्घ हरदम तयार छ । चलचित्र सङ्घका सल्लाहकारसमेत रहेका निर्माता रमेशजंग रायमाझी भन्छन्, ‘पोखरा चलचित्र उद्योगका लागि राम्रो गन्तव्य हो तर यसलाई प्राविधिक रूपमा सक्षम बनाउनु जरुरी छ ।’ यसले चलचित्रको स्तरीयता बढाउँछ र निर्माताका लागि खर्च पनि घटाउँछ ।

आए भुवन भागे भुसुना
भनिन्छ कि जबजब नेपाली सिनेमा बजार खस्कन थाल्छ तब भुवन केसीको आगमन हुन्छ । र, त्यो आगमनले सिनेमा बजारमा नै बहार ल्याउने गर्छ । कुरा हुन पनि हो, भुवनले पहिले निर्माण गरेका चार चलचित्र करोडपति, नेपाली बाबु, सुपर स्टार र म तिमीबिना मरिहाल्छुले सफलताको झण्डा गाडेका थिए । सफल नायक र चलचित्र निर्माताका रूपमा स्थापित भुवन केही वर्षको ग्यपपछि फेरि जर्ुर्मुराएका छन् नयाँ चलचित्र साथी म त्रि्रोमार्फत । भुवनले भने, दर्शकको भावनाको प्रतिनिधित्व गरेको छ चलचित्र साथी म त्रि्रोले । म दाबीका साथ भन्न सक्छु कि यो चलचित्रले सफलता चुम्नेछ ।
नायक भुवन केसीले यो चलचित्र पर््रदर्शनको तिथि पनि तय गरिसकेका छन् । उनी आउने भएपछि भुवनसँग जुध्नका लागि आउने भनिएको धेरै चलचित्रले आफ्नो पर््रदर्शनको मिति पछि सारेका छन् । भुवनसँग जुध्नु आफ्नै व्यापारका लागि पनि खतरा हुने भएकोले रिलिज पछि सारेको निर्माताहरू बताउँछन् । आफूले सिनेमा निर्माण गर्ने क्रममा कुनै कुरामा पनि सम्झौता नगरेको दाबी भुवनको छ । राम्रो चलचित्र हर्ेन जहिले पनि दर्शक आतुर रहेको बताउँदै भुवन भन्छन्- चलचित्र नै नराम्रो बनाएपछि कसरी चल्छ त ? आफैं चलचित्र नराम्रो बनाउने अनि दर्शकलाई गाली गर्न सुहाउँछ ? भुवनले चलचित्र साथी म त्रि्रोमा सफल कलाकार र प्राविधिकहरूको राम्रो जमघट गराएका छन् । उनले यो चलचित्रमा नायिकामा रेखा थापा, सङ्गीतकारमा शम्भुजित बास्कोटा, छायाकारमा शम्भु सापकोटा, फाइटमा राजेन्द्र खड्गी र निर्देशकमा शिव रेग्मीलाई समेटेका छन् ।
सिम्पल कान्छी लन्डनमा
यतिबेलाकी सफल नायिका रेखा थापालाई अहिले भ्याइनभ्याई छ । उनी आफैंले निर्माण गरेको चलचित्र रावणको छायाङ्कनमा व्यस्त छिन् भने बाहिरका निर्माताहरूको चलचित्रलाई पनि उनले समय दिनु परिरहेको छ । एउटा चलेको नायकले जति पारिश्रमिक लिने र क्रेज पनि रामै्र भएकी रेखाको पछिल्लो चलचित्र ‘अन्दाज’ले दर्शकहरूको साथ र दाम पनि रामै्र कमायो । व्यावसायिक रूपमा ओरालो लाग्ने अवस्थामा रहेको नेपाली चलचित्रको बजारलाई केही राहत दिन सफल ‘अन्दाज’ अब नेपालको पर्दर्शनपश्चात् विदेशमा रहेका नेपालीमाझ पनि पर््रदर्शन हुने भएको छ ।
चलचित्र रावणको छायाङ्कन सकिनासाथ रेखा जनवरी महिनाभरि अस्टे्रलिया र बेलायतमा रहेका नेपालीमाझ चलचित्र ‘अन्दाज’ परदर्शन गर्न त्यसतर्फ जाने भएकी छिन् । ‘उता बस्ने नेपालीको संस्थाले आयोजना गर्न लागेको कार्यक्रममा म विदेश जान लागेकी हुँ,’ रेखाले भनिन् । रेखाका अनुसार अहिले विदेशमा रहेका नेपालीमाझ पनि चलचित्र अन्दाजको सिम्पल सिम्पल कान्छीको… बोलको गीत निकै लोकप्रिय भइरहेको छ । यही गीतका कारण पनि विदेशमा रहेका नेपालीमाझ चलचित्र अन्दाजको क्रेज बढेको दाबी गरिन् रेखाले । त्यसो त लगानीको एक अंश पनि सिनेमाले उठाउन नसकिरहेको अवस्थामा रेखाको अन्दाजले भने नाफासमेत कमाएको थियो । एक महिनाभरि अस्टे्रलिया र बेलायतमा अन्दाजको पर््रदर्शन गरेपछि फेब्रुवरीमा नेपाल र्फकने उनको योजना रहेको छ भने त्यसपछि नायक भुवन केसीको चलचित्र ‘साथी म त्रि्रो’को प्रचारप्रसारमा लाग्ने छिन् उनी ।