प्रधानमन्त्री देउवाको वडामा काङ्ग्रेस पराजित, काङ्ग्रेस (बीपी)को प्यानल विजयी

प्रधानमन्त्री देउवाको वडामा काङ्ग्रेस पराजित, काङ्ग्रेस (बीपी)को प्यानल विजयी



डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका-१ मा नेपाली काङ्ग्रेस पराजित भएको छ ।

प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाको वडासमेत रहेको रुवाखोलाको अध्यक्षमा काङ्ग्रेस (बीपी)का नरेश भण्डारी विजयी भएका हुन् ।

काङ्ग्रेस (बीपी) र नेकपा एमालेबीच भएको चुनावी समीकरणअनुसार चुनाव चिन्ह करुवाबाट ६७३ मत ल्याइ नरेशससहितको काङ्ग्रेस (बीपी) प्यानल विजयी भएको हो ।

नरेश भण्डारीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका थिए ।

उक्त वडामा काङ्ग्रेस (बीपी)को प्यानल नै विजयी भएको छ । यसअघिको स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसले जितेको वडामा पहिलो पटक काङ्ग्रेस (बीपी)ले आफ्नो खाता खोलेको हो ।

काङ्ग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले काङ्ग्रेस (बीपी)को करुवा चुनाव चिन्ह लिएर जिल्लामा नेपाली काङ्ग्रेससँग प्रतिस्पर्धा गरिरहेको छ ।