भरतपुरमा रेनुले पुनः बढाइन् मतान्तर

भरतपुरमा रेनुले पुनः बढाइन् मतान्तर


भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन् । मतगणनाको पछिल्लो परिणामअनुसार रेनुले ३७३ मतको अग्रता लिएकी हुन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ७४७१ मत प्राप्त गर्दा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले ७०९८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मदवार जगन्‍नाथ पौडेललाई हालसम्म ३,५९४ मत हासिल भएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ८९८९ मत प्राप्त गरेका छन् । उनलाई राप्रपा उम्मेदवार हिमला गुरुङले ५८४० मतका साथ पछ्याइरहेकी छन् ।