इन्द्रसरोवरमा सवारी दुर्घटना, मृतक संख्या चार पुग्यो

इन्द्रसरोवरमा सवारी दुर्घटना, मृतक संख्या चार पुग्यो


मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो कार्यालयका प्रवक्ता टेकबहादुर कार्कीका अनुसार उनीहरूको अहिलेसम्म पहिचान खुलेको छैन ।

हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना. ४च २३१५ नम्बरको डिआई गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।