- इन्दिप कोइराला, बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई वटा ट्रक एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको छ । दुई ट्रकमध्ये एकमा आगलागी भएर जलेर नष्ट भएको छ ।
उपमहानगरपालिकाको वडा नं. २२ स्थित ३ र ४ नम्बर पुलको मोडमा शनिबार दुई वटा ट्रक आपसमा ठोक्किएका हुन् ।
हेटौँडाबाट बारा आउँदै गरेको ना. ६ ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ६ ख ४२४२ नम्बरको मिनीट्रक पुलको मोडमा ठोक्किएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा ना. ६ ख ३२८६ नम्बरको ट्रकको तार सट भइ जलेर नष्ट भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया