अवैध भण्डारण गरिएको रसायनिक मल बरामद

अवैध भण्डारण गरिएको रसायनिक मल बरामद


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाअन्तर्गत पाडाटिकट इलाकाबाट अवैध रुपमा राखिएको रासायनिक मल बरामद भएको छ ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ३२ बोरा रासायनिक मल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सूचना अधिकारी माधव रेग्मीले जानकारी दिएका छन् ।

लु. २ च १०३२ नम्बरको पिकअप गाडिमा गोदामबाट लोड गरिरहेको अवस्थामा २६ नं. गणबाट खटिआएको टोलीले गाडी समेत बरामद गरेको हो । सुरक्षा निकायले बरामद गरेको गाडी र मललाई आवश्यक कारवाहीको लागि राजस्व चुहावट नियन्त्रण कार्यालय बुटवलमा बुझाइएको छ ।

बरामद रासायनिक मलको मूल्य लगभग ७ लाख रुपैयाँ रहेको जानकारीमा आएको छ । नेपालमा रासायनिक मलको चरम अभाव भएको अवस्थामा केही पेशिवर वर्गले भारतबाट नेपालमा गोप्य रुपमा भित्र्याउने रासायनिक मल बर्दघाट, गोपिगन्ज, बेलाटारी लगायत स्थानमा गोप्य रुपमा भण्डारण गरेको पनि श्रोतले दाबी गरेको छ।