बागमती र गण्डकीका गाडीमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट राख्न चेतावनी

बागमती र गण्डकीका गाडीमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट राख्न चेतावनी


बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा आगामी १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिसक्नु पर्ने चेतावनी दिइएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै उल्लिखित दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर अनिवार्य नगरिए कारबाही हुने चेतावनी दिएको हो ।

सरकारले बागमती र गण्डकीका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न गत २२ कात्तिकमा राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।

तर, इम्बोस्ड नम्बर जडान नभएको भन्दै विभागले ध्यानाकर्षण भएको जनाएको छ ।

बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित गुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएको हो ।