रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु, १६ जना गम्भीर घाइते

रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु, १६ जना गम्भीर घाइते


भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । बसमा ३४ जना यात्रु सवार रहेका थिए ।

जनकपुरबाट भैरहवातर्फ गइरहेको लु. २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो ।

घाइतेहरुलाई उपचारको लागि भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा भर्ना गरिएको छ । बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरीले जनाएको छ ।

रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीका अनुसार प्रहरीले बसलाई निकालेर घाइतेको उद्धार गरि अस्पताल पुर्‍याउने काम गरेको हो ।

चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मोडमा रहेको पुलका कारण पनि बस दुर्घटनामा पर्ने गरेका छन् ।