काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको ढाडस ?

काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको ढाडस ?


प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् ।

दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको बताइएको छ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको भन्दै ढाडस दिएका छन् ।

स्थानीयसँग सहमति गरेर अघि बढ्न सुझावसहित देउवाले सरकारले गर्नुपर्ने कुरामा पछि नहट्ने बताउँदै विभागीय मन्त्रीलाई निर्देशन दिने आश्वासन दिएका छन्।