पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाको मृत्यु, एक जनाको सनाखत

पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाको मृत्यु, एक जनाको सनाखत


सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा. १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो।

मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ।

नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ । मृतकमध्य एक जना गोरखाको सिरानचोक गाउँपालिकास्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन् ।

लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ।