मिटरब्याजी तेलीलाई पक्रन प्रधानमन्त्री देउवाको निर्देशन

मिटरब्याजी तेलीलाई पक्रन प्रधानमन्त्री देउवाको निर्देशन


प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।

उनले आज गृहमन्त्री बालकृष्ण खाणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेसप्रमुख गोविन्द परियारले जानकारी दिए ।

तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।