- सुधा देव, सप्तरी
मिटरब्याजी रामदेव साहसहित परिवारलाई कारबाहीको माग गर्दै मिटरब्याजी पीडितहरूले सप्तरी सदरमुकाम राजविराजमा सोमबार विरोध प्रदर्शन गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले विभिन्न नारा लगाउँदै र्याली निकालेका थिए । र्याली सडकको मुख्य सडकको परिक्रमा गरेको थियो । मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ-गाउँबाट पीडितहरू सदरमुकाम पुगेका थिए ।
जुलुसमा सहभागी पीडितहरूले गैर कानुनी कार्यमा संगलन मिटरब्याजी साह परिवारमाथि कारबाही गर, विपन्नलाई विस्थापित गराउने मिटरब्याजी साह परिवारमाथि कारबाही गर, बलात्कारी रामदेव साह मुर्दाबाद, मिटरब्याजी रामदेव साहलाई पक्राउ गर भन्दै नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
जुलुसमा राष्ट्रिय यूवासँघपनि पीडितको पक्षमा समर्थन जनाउँदै सहभागी भएका थिए । उनीहरुले पनि न्यायका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर घर भएका मिटर व्याजी साह ठगीधन्दा गरी गाउँबाट भागेर धरानमा बस्दै आएका छन् ।
पीडितहरूलाई दुःख दिएको बिषयमा विभिन्न संचार माध्यममा समाचार आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पक्राउ गरि कार्वाही अघि बढाउन निर्देश दिएका थिए ।
प्रहरीले उनका छोरा नन्दकिशोर साह र छोरी अनुराधाकुमारी साहलाई पक्राउ गरेपनि मुख्य आरोपित रामदेव साह तथा अन्य आरोपित अझै फरार रहेका छन् ।
प्रतिक्रिया