एउटा खरबुजाको मूल्य चार हजार पाँच सय अमेरिकी डलर !

एउटा खरबुजाको मूल्य चार हजार पाँच सय अमेरिकी डलर !


  • होक्काइदो, जापान

उत्तरी जापानमा एउटा प्रिमियम खरबुजा ६ लाख येनमा बिक्री भएको छ । यस सिजनको पहिलो लिलामीमा सो खरबुजा ६ लाख येन (४ हजार ५०० अमेरिकी डलर)मा बिक्री भएको भन्दै एनएचकेको अनलाइन संस्करणमा समाचार छापिएको छ ।

लिलामीमा ११३ ओटा देनसुके ब्रान्डका खरबुजा बिक्री भएका थिए । उच्च मूल्य पाउने खरबुजा पनि सोही ब्रान्डको खरबुजामध्ये एक भएको बताइएको छ ।

दानसुके होक्काइदो प्रिफेक्चरको तोमा नगरमा पाइने विशेष खालको खरबुजा हो । यसको बाहिरी रंग गाढा हरियो (कालो) हुन्छ । यो निकै स्वादिलो हुन्छ । तोमामा अगष्टको मध्यसम्म दानसुके टिप्ने काम गरिन्छ । मध्य जुलाइमा यसको बिक्री धेरै हुने गरेको किसानहरुले बताएका छन् ।

यसलाई विशेषगरी गर्मीयाममा उपहारको रुपमा कसैलाई दिन बढी प्रयोग गर्ने गरिएको छ ।