पोर्चुगलमा क्यान्सरबाट शेर्पाको मृत्यु

पोर्चुगलमा क्यान्सरबाट शेर्पाको मृत्यु


पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो ।

शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको र उनको शव नेपाल पठाउने तयारी भइरहेको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिएका छन् ।

बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल पुगेका थिए । गत साता पनि पोर्चुगलमा चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो ।