डडेल्धुरामा नेपाली काङ्ग्रेस (बीपी)को नयाँ कार्यसमिति, सभापतिमा नेपाली

डडेल्धुरामा नेपाली काङ्ग्रेस (बीपी)को नयाँ कार्यसमिति, सभापतिमा नेपाली


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा नेपाली काङ्ग्रेस (बीपी)को नयाँ कार्यसमिति गठन भएको छ । नेपाली काङ्ग्रेसका संस्थापक सभापति, प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक स्वर्गीय बीपी कोइरालाको ४०औँ स्मृति दिवसको अवसरमा शुक्रबार डडेल्धुरामा काङ्ग्रेस (बीपी)को नयाँ कार्यसमिति गठन गरीएको हो ।

नेपाली काङ्ग्रेसका संस्थापक सभापति बीपी कोइरालाको ४०औँ स्मृति दिवसको अवसरमा समिति गठन भएको हो । जसअनुसार काङ्ग्रेसको बीपीको जिल्ला सभापतिमा भरत नेपाली चयन भएका छन् । नेपालीको सभापतित्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति समेत चयन गरिएको छ ।

नवगठित कार्यसमितिको सदस्यहरुमा हरिप्रसाद भट्ट, करुणाकर भट्ट, गोकुलबहादुर शाही, सुरेन्द्र बहादुर माली, तिलक बहादुर हमाल, चक्र बहादुर सावद, पदमा गुरुङ, देवकीदेवी पन्त, पदमबहादुर देउवा, डम्मरी वली र नरबहादुर साँकी चयन भएका छन् । यसअघि जिल्ला सभापतिमा तिलक हमाल रहेका थिए ।

यसैगरी, काङ्ग्रेस बीपीले जिल्लाका ४ पालिकामा समेत जिम्मेवारी दिएको छ । जसमा अमरगढी नगरसभापतिमा मनोरथ खडायत चयन भएका छन् । यस्तै परशुराम नगर सभापतिमा राजबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिका सभापतिमा रमेश माली र आलिताल गाउँपालिका सभापतिको जिम्मेवारी दलबहादुर बोहरालाई दिइएको छ । बाँकी अजयमेरु, भागेश्वर, नबदुर्गा गाउपालिकामा छलफल गरेर छिट्टै जिम्मेवारी दिने निर्णय गरिएको नेपाली काङ्ग्रेस (बीपी) डडेल्धुराका सचीव राम बिष्टले जानकारी दिए ।