सिड्नीमा खुल्यो अर्को कलेज ‘च्वाइस ऐकेडेमी’

सिड्नीमा खुल्यो अर्को कलेज ‘च्वाइस ऐकेडेमी’


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

यतिबेला उच्चस्तरीय शिक्षाका निमित्त अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि पहिलो रोजाइमा परेको छ । अध्ययनका लागि नेपाली विद्यार्थीको अस्ट्रेलिया आउने क्रम बढ्दै गर्दा गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्य बोकेर सिड्नीको पारामाटामा च्वाइस एकेडेमी कलेज स्थापना भएको छ ।

गुणस्तरिय शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ अस्ट्रेलियाको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न उत्रिएको च्वाइस एकेडेमी सिड्नीको पारामाटामा रहेको छ, जून स्थान यातायात र ट्रेन दुवै पक्षबाट पायक मानिएको छ । यो कलेज अष्ट्रेलियामा रहेका नेपाली मूलका स्थापित व्यवसायीहरूको लगानीमा स्थापना भएको हो ।

‘यो कलेज नेपाली विद्यार्थीहरुको लागि पहिलो रोजाइ बन्न सकोस् भन्ने हाम्रो लक्ष्य होु, सिड्नीमा लामो समयदेखि कानुन क्षेत्रमा सफलता हात पारेका कानुन व्यवसायी तथा कलेजका सञ्चलक समुहका सदस्य शम्सेरसिंह थापाले बताए । ‘एक हजार विद्यार्थी क्षमता भएको यो कलेज नामले मात्र होइन कामले पनि सबैको च्वाइसमा पर्नु पर्दछ भन्ने हाम्रो मान्यता हो’, कलेजद्वारा आयोजित भेटघाट कार्यक्रममा थापाले बताए- ‘हामी पैसा कमाउनैका लागि नभइ अस्ट्रेलियाको शैक्षिक बजारमा केही फरक अनि अलग पहिचानका साथ स्तरीय शिक्षाको उदाहरण बन्ने लक्ष्य बोकेर आएका हौँ ।’

च्वाइस कलेजमा एडभान्स डिप्लोमा अफ बिजनेस, डिप्लोमा अफ लिडरसिप एण्ड म्यानेजमेन्ट, डिप्लोमा अफ बिजनेस, डिप्लोमा अफ इन्फरमेसन टेक्नोलोजी, एडभान्स डिप्लोमा अफ इन्फरमेसन टेक्नोलोजी, ग्राजुएट डिप्लोमा अफ म्यानेजमेन्ट विषय रहेका छन् भने कलेजले अन्य कोर्सहरु पनि थप्दै जाने योजना बनाएको छ ।

कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपेन्द्र शर्मा पौडेलले सबैको सहयोग रहेमा अवश्य पनि कलेज सोचेजस्तो र रोजे जस्तो बनाउने बताए ।

कलेज संचालक तथा ब्यवस्थापन टिम शिक्षा क्षेत्रमा लामो समय अनुभव हासिल गरेका समूह जोडिएको हुनाले पनि संस्थाले विद्यार्थीहरुको हितमा काम गर्न सक्ने माइग्रेशन एजेन्ट निरज श्रेष्ठले बताए । कलेजको भेटघाट कार्यक्रममा कोमल खतिवडा तथा सुमन गौतमले पनि सहभागीहरुलाई शुभेच्छुकको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।