किंग्सफोर्डको ‘करिएर एक्स पो २०२२ आयोजना, विद्यार्थीका लागि उपयोगी

किंग्सफोर्डको ‘करिएर एक्स पो २०२२ आयोजना, विद्यार्थीका लागि उपयोगी


  • राजन घिमिरे, सिड्नी

उच्चशिक्षा अध्ययन गर्न अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूको संख्या बढेसँगै यहाँ नेपालीहरूको लगानी र आवद्धतामा कलेजहरु खुल्ने क्रम पनि पछिल्लो समय बढेको छ ।

यसैक्रममा चार वर्ष अगाडि सन्चालनमा आएको किंग्सफोर्ड इन्टरनेशनल इन्स्टिच्यूटले यसबीचमा हात पारेको सफलता र विद्यार्थीहरूबाट पाएको साथ साँच्चै उल्लेखनीय रहँदै आएको छ । समय समयमा यो कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई उपयोगी हुने र उनीहरूको रोजगारीका लागि विशेष महत्व राख्ने विभिन्न कार्यक्रम, शैक्षिक मेला र एक्सपो आयोजना गर्दै आइरहेको छ । अहिले यो कलेज सिड्नीमा तीन वटा र मेलबर्नमा एउटा गरेर जम्मा चार वटा सन्चालनमा आइरहेको छ ।

सिड्नीमा किंग्सफोर्डले कलेजमा कुकरी र हस्पिटालिटी मेनेज्मेन्ट अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि ‘करिएर एक्सपो २०२२’कार्यक्रमको आयोजना गर्यो । कमर्शियल कुकरी र हस्पिटालिटी मेनेज्मेन्ट पढिरहेका विद्यार्थीहरूका लागि ३६० घण्टा वर्क प्लेस्मेन्ट गर्नुपर्ने हुनाले कार्यक्रमको आयोजना गरिएको जानकारी दिँदै कलेजका सञ्चालकद्वय भीम खरेल र राज खनालले यस्तो कार्यक्रमले विद्यार्थीको नेटवर्किंग बढ्ने र उनिहरूलाई रोजगारीको अवसर पनि मिल्ने विश्वास लिइएको बताए ।

कार्यक्रममा अष्ट्रेलियालगायत अन्य मूलुकमा पनि नेटवर्क रहेका होटलहरूका प्रतिनिधि र विद्यार्थीहरूबीच कोभिड १९ का कारण हस्पिटालिटी क्षेत्रमा परेको मार र अब आगामी दिनमा हस्पिटालिटी क्षेत्र कसरी अगाडि बढ्न सक्छ भन्ने विषयमा गहिरो समीक्षा भएको थियो, जसमा सिड्नीका उत्कृष्ट होटल र रेष्टुरेण्ट चेनमा आवद्ध प्रतिनिधिहरूको सहभागिता थियो । नोभोटेल, मेरिभेल ग्रुप होटल, रकपुल वार एण्ड ग्रिल र फ्लेभ रेष्टुरेण्टका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई प्लेसमेन्टका साथै रोजगारी उपलब्ध गराउन सकिने खालका अन्तरवार्ता समेत लिएका थिए । एक्सपोबाट आफूहरुले धेरै कुराको ज्ञान लिएको र सम्पर्क बढ्नाले पढेको विषयमा रोजगारी पाउन सहज हुने अनुभव सम्बद्ध विद्यार्थीहरूले सुनाए ।

किंग्सफोर्डले हाल आइटी, एकाउन्टिङ, बिजनेश, लिडरशिप मेनेज्मेन्ट, कुकरी, हस्पिटालिटी मेनेज्मेन्ट, मेन्टल हेल्थ र कम्यूनिटी सर्भिसलगायतका विषयमा पढाइरहेको छ ।